महासचिव घनश्याम भुसाललाई पितृशोक
काठमाडाैं, २१ जेठ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ ।
महासचिव भुसालका पिता जगन्नाथ भुसालको आज बिहान ९७ वर्षको उमेरमा निधन भएको हो ।
उच्च रक्तचाप, श्वासप्रश्वास, मधुमेहलगायत रोगबाट पीडित भुसाल केही सातादेखि उपचारका क्रममा रहनुभएको पारिवारिक स्रोतले जनाएकाे छ ।
तिलोत्तमा नगरपालिका–९ स्थित निवासमै निधन हुनुभएका भुसालका श्रीमती, चार छोरा र तीन छोरी हुनुहुन्छ ।