एमालेको राष्ट्रिय भेला आज समापन हुँदै, आजै केन्द्रीय कमिटी बैठक बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रिय भेला आज समापन हुँदैछ। भेलाको दोस्रो तथा अन्तिम दिन आज बिहान ८ बजेदेखि कार्यक्रम सुरु हुने तय भएको छ।

आजको कार्यक्रममा पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गर्नेछन्। त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘आजका दुई कार्यभार र गर्नुपर्ने १५ काम’ विषयमा प्रशिक्षणमूलक सम्बोधन गर्ने कार्यक्रम छ।

भेलामा समसामयिक प्रस्तावहरू पारित गरिनेछ। दिवा भोजनपछि राष्ट्रिय भेलाको समापन हुनेछ।

यसैबीच, एमालेको केन्द्रीय कमिटीको चौथो बैठक आजै दिउँसो ३ बजे कार्की ब्याङ्क्वेटमा बस्ने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *