राष्ट्रियसभाको बैठक भोलिका लागि सर्यो
काठमाडाैं, २३ जेठ । राष्ट्रियसभाकाे आज बस्ने तय भएको बैठक भोलि बिहानका लागि सरेको छ ।
बैठक आज बिहान ११ः११ बजे बस्ने तय भएको थियाे । बैठक विशेष कारणवश भोलि बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो ।
त्यस्तै अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची थियो ।