एसीसी महिला टी-ट्वान्टी इमर्जिङमा नेपाल पाकिस्तानसंग पराजित

काठमाडौं, ३० जेठ । हङकङमा भइरहेकाे एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तानसंग पराजित भएकाे छ ।

हङकङको मङकङमा भएको खेलमा पाकिस्तानले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपाल ९ रनले पराजित भएको हो ।

नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७८ रन मात्र बनाउन सक्यो । नेपालका लागि ओपनर कविता कुँवरले २० रन बनाईन् । कविता जोशीले १७ बलमा अविजित १५ रन बनाईन् ।

नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन नसकेका कारण हार व्यहाेर्नुपरेकाे हाे ।

पाकिस्तान ए का लागि सईदा शाह र तुवा हसनले समान २/२ तथा अनुशा नासिर र उम्मि हानीले समान १/१ विकेट लिईन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ए ले १९ दशमलब २ ओभरमा अलआउट भएर ८७ रन मात्र बनाए ।

पाकिस्तानका लागि शवाल जुफिकले ३६ बलमा २८ रन बनाईन् । कप्तान साना फतिमाले २३ बलमा १६ रन बनाउँदा गुल फरुजाले १८ बलमा ११ रन बनाईन् ।

कविता कुवँरले कप्तान फतिमा सानाको विकेट लिएसँगै पाकिस्तान ए ८७ रनमा समेटिएको थियो । ईन्दु बर्माले ३ तथा कविता जोशी, कविता कुवँर र सीता रानामगरले समान २/२ विकेट लिएका थिए ।

जितसँगै पाकिस्तान ए समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । एसीसी महिला टी-ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो ।

प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *