इप्पानमा गणेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित

रामचन्द्र नेपाल
काठमाडौं, १ असार । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ( इप्पान)ले २१ औं बार्षिक साधारण सभाबाट नयाँ नेतृत्व चयन गरेको छ ।

बिहिवार भएको २१ औं साधारण साभा तथा अधिवेशनले गणेश कार्कीको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति भयन गरेकाे ।

१५ पदाधिकारी र ३ महिला सदस्य यस अघिनै निर्विरोध निर्वाचित भएका थिए भने खुल्ला ७ सदस्यमा बिहीबार निर्वाचन भएको थियो ।

अध्यक्षका दाबेदार किरण मल्ल पक्षको सबै पदाधिकारीको उम्मेदवारी अबैध भएपछि कार्की नेतृत्वको प्यानलबाट अध्यक्षको उम्मेदवार गणेश कार्की, वरिष्ठ उपाध्यक्ष मोहन डाँगी, उपाध्यक्षहरू आशिष गर्ग, भरत खत्री, रामप्रसाद आचार्य, आनन्द चौधरी, उत्तम लामा, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाश दुलाल, सचिव भरत खड्का, विक्रम विष्ट, कविता पोखरेल, भरत नेपाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त निर्विरोध भएका थिए ।

त्यसैगरी महिला सदस्यहरुमा सुसन कर्माचार्य, सुमनकुमारी जोशी, इषा श्रेष्ठ पनि निर्विरोध निर्वाचित भएका हुन । खुल्ला सदस्य ७ जनाको लागि १४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए ।

त्यसमा भरत पराजुलीले २१७ , कुबेरमणी नेपालले २२५,, उत्तर श्रेष्ठले २७३, टेकनाथ आचार्यले २१६,मिथुन चकरवर्ती प्रसाद पौडेलले २१७, बिजय मोहन भट्टराईले १९३ र शंकर बस्यालले २५४ मत ल्याएर निर्वाचित भएका छन भने पराजित हुनेहरुले सिताराम तिमल्सिनाले ६५, कदम केसीले ७३ , गृष्म ओझाले ३८, तारा सुब्बाले ४२, दिपक पौडेलले २६, बिकास कुमार श्रेष्ठले २१ र सकुन्द ओझाले १०८ भोट ल्याएका छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *