राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरि राखियाे पेसमेकर
काठमाडौं, ५ असार । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरि पेसमेकर राखिएको छ ।
काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उहाँकाे मुटुको शल्यक्रियापछि छातीमा पेसमेकर राखिएकाे हाे ।
पेसमेकर भनेको छातीमा मुटुमाथि राखिने सानो यन्त्र हो। यो यन्त्रले मुटुको धडकनलाई प्रतिमिनेट तोकिएको मात्रामा धडकन सहयोग गर्छ।
अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।
राष्ट्रपति पौडेलको मुटुको चालमा समस्या देखिएपछि गएको शुक्रबार राति अस्पतालमा भर्ना गरिएको थियो ।