नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित, सुपर सिक्समा पुग्ने संभावना पनि सकियो
काठमाडौं, ९ असार । नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको छ । टस हारेर ब्याटिङमा खराब सुरुआत गरेको नेपालले ४४.३ ओभरमा अलआउट भयो । नेपालले दिएको १६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.१ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै सुपर सिक्समा स्थान पक्का गर्यो ।
यता नेपालको भने विश्वकप छनोट प्रतियोगिताको सुपर सिक्समा पुग्ने संभावना पनि सकियो । सुपर सिक्समा पुग्ने सम्भावना जिवित राख्न नेदरल्याण्ड्सलाई हराउनैपर्ने नेपाललाई बाध्यता थियो । अमेरिकामाथि जित हात पारे पनि जिम्बाव्वे र वेष्टइण्डिङसँग हार व्यहोरेसँगै नेपालको यो संभावना सकिएको हो । अब नेपालले १७ असारमा युएईसँग प्लेअफमा खेल्नेछ ।
