आज विभिन्न कार्यक्रम गरेर संसद् दिवस मनाइँदै

काठमाडौं, १६ असार । आज संघीय संसद् भवन नयाँ बानेश्वरमा विभिन्न कार्यक्रम गरेर संसद् दिवस मनाइँदै छ।

नेपालको संसदीय इतिहासमा पहिलो संसदीय निर्वाचनपछि संसद्‌को पहिलो बैठक २०१६ साल असार १६ गतेका दिन बसेको दिनको सम्झनामा यो दिवस मनाउने गरिएको हो ।

दिवसको अवसरमा पूर्व सांसद मञ्चले काठमाडौंमा आयोजना गर्ने कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नुहुने छ ।

यसै गरी, संसदीय मामिला पत्रकार समाजको आठौँ अधिवेशन पनि आजै सुरु भएको छ । सो अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *