राष्ट्रियसभामा एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडाैं, २० असार । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकाे राजीनामा माग गरेको छ ।

एमालेले राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको विषयलाई लिएर राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेको हाे ।

एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गर्नुभएकाे छ । उहाँले दिल्लीको इशारामा बनेको प्रधानमन्त्री आफूहरुलाई स्वीकार्य नहुने बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘भारतको इशारामा, भारतको नेतृत्वमा र भारतको संयोजनमा भएको प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन, प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न दिँदैनौं’