थाइल्यान्डमा तीन नेपाली बालबालीकालाई ‘टिन स्टार इन्टरनेसनल २०२३’काे उपाधि

काठमाडाैं, ३१ असार । थाइल्यान्डमा आयोजना भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘टिन स्टार इन्टरनेसनल २०२३’ मा नेपाली बालक आर्नभ श्रेष्ठले शिर्ष उपाधि जितेका छन् ।

विभिन्न उमेर समुहको बर्गिकरण गरिएको प्रतियोगीतामा आर्नभले गूप बि अन्तर्गत ‘टिन स्टार इन्टरनेसनल २०२३’को शिर्ष उपाधि हात पारेकाे हाे ।

प्रतियोगीतामा श्रेष्ठले मिष्टर पर्सनाली उपाधि जितेका थिए । प्रतियोगीतामा ग्रुप बि अन्तर्गतनै निभिका दुवालले थर्ड रनर अप र मिस पर्सनालिटी उपाधि हात परेकी छन् ।

त्यस्तै ग्रुप ए अन्तर्गत सायरा भट्टले फष्टरनर अफ र मिस ट्यालेन्ट उपाधि जितेकी छन् । जुलाई ३ तारिखदेखि ११ तारिखसम्म थाइल्याण्डको बैंकक स्थित सिएससी हलमा आयोजित प्रतियोगीतामा नेपाल सहित भारत, युके, टर्की, श्रीलंका लगायत ३४ देशको सहभागीता रहेको थियो ।