शिक्षा राणा बनिन् ‘मिस प्लस टु नेपाल २०२३’

काठमाडौं, ११ साउन । ‘मिस प्लस टू नेपाल २०२३’काे उपाधि शिक्षा राणाले उचालेकी छिन् ।

राजधानीकाे जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘मिस प्लस टु नेपाल २०२३’ प्रतियोगीतामा राणाले १८ प्रतिस्पर्धीलाई पछि पार्दै शिर्ष सहित ‘मिस पर्सनालिटी’ र ‘मिस स्टाइलिस’ विधागत उपाधि समेत हात पार्न सफल भएकी हुन्।

प्लस टू अध्ययनरत छात्राहरुको प्रतिभा निखार्दै व्यक्तित्व र सौन्दर्य मापनको उदेश्यले आयोजित प्रतियोगीतामा याङ्जी दावा लामाले फस्ट रनरअप र विशाखा श्रेष्ठ सेकेन्ड रनर अप भए ।

लामाले भ्युअर च्वाइस र पब्लिक च्वाइस उपाधि समेत हात पार्दा श्रेष्ठले मिस कन्फिडेन्टको उपाधि आफ्नो पोल्टामा पारिन् । युहान इन्टरनेसनल इभेन्टस्को आयोजनामा सम्पन्न प्रतियोगीतामा झरना अधिकारीले ‘भ्युअर च्वाइस’, प्रियाशा जोशीले ‘पब्लिक च्वाइस’ उपाधि हात पारे ।

त्यस्तै कृष्टिना प्रजा ‘म्यानेज्मेन्ट च्वाइस’, कृतिका गौतम ‘मिस ट्यालेन्ट र मिस फोटोजेनिक’, समृद्धि जोशी ‘वेष्ट इन् इभिनिङ गाउन’, सोनिमा घलान ‘वेष्ट वाक’ र ओसिन माली ‘मिस कन्जिनियालिटी’ विजेता बने ।

संचारकर्मी तथा कोरियोग्राफर रोजिन शाक्यको उद्घोषण तथा कोरियोग्राफी रहेको प्रतियोगीतामा चलचित्र निर्देशक एवं अभिनेता साहिल खान, इन्टरनेसनल नेपाली मोडल दीपक घिमिरे, फेसन उद्यमी स्वेता सिरोहिया रोक्का, एभिएसन उद्यमी संगीता रौनियार तथा नेपाल एयरहोस्टेस् एकेडेमीका निर्देशक रेजिना तुलाधार निर्णायकको रुपमा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *