‘जीवन साथी’मा जीवन र सकिले गरेर बरपिपल झै रहेन बाचा

काठमाडाैं, ११ साउन । अभिनेता जीवन गिरी र मोडल सकि इटानीले जीवनभर वरपिपल झैसँगै बाच्ने बाचा गरेका छन् ।

‘जीवन साथी’ बोलको गीतको भिडियोमा अभिनयका क्रममा उक्त बाचा गरेका हुन् । रोमान्टिक शैलीको गीतमा जीवन र सकि रोमान्टिक प्रेम जोडीको रुपमा प्रस्तुत भएका छन् ।

हिमाल सागर र अनु चौधरीको स्वर रहेको गीतमा शब्द तथा संगीत टिका बम्जनको छ, भने एरेन्ज सहस शाक्यले गरेका हुन् ।

नवराज उप्रेतीको छायांकन, मनोज कार्कीको सम्पादन रहेको गीतको भिडियो मौसम हिमालले निर्देशन गरेका हुन् ।

अभिनेता जीवनले ‘एउटा साथी’ लगायत केही फिल्म अभिनय गरेका छन् । फिल्मको अलवा जीवन म्युजिक भिडियोमा पनि बाक्लै देखिने गरेका छन् ।