सारुक आत्महत्या प्रकरण
सारुकको मोबाइलमा भेटियाे कसैलाई दु:ख नदिन लेखिएकाे ‘सुसाइड नोट’
काठमाडौं, १४ साउन । अभिनेता सारुक ताम्राकारको मोबाइलमा ‘सुसाइड नोट’ भेटिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दान बहादुर कार्कीका अनुसार फरेन्सिक ल्याबबाट रिपोर्टमा उनकाे माेवाइलमा ‘सुसाइड नोट’ भेटिएको हाे ।
सुसाइड नोटमा सारुकले कसैलाई दु:ख नदिन प्रहरीलाई अनुरोध गरेकाे पत्र भेटिएका छन् ।
गत असार २८ गते ३१ वर्षीय अभिनेता सारुक रातोपुल स्थित घरमा झुण्डिएकाे अवस्थामा मृत भेटिएका थिए ।