भ्रष्टाचारको सत्य तथ्य छानबिन गर्न छानबिन आयोग गठन गर्नु पर्छः डा. बाबुराम भट्टराई

पुन्य चौलागाईं
सिन्धुली, १८ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टाचार को सत्य तथ्य छानबिन गर्न आयोग गठन गर्नुपर्ने बताउनुभएकाे छ ।

सिन्धुलीकाे मरिणमा आयाेजना गरिएकाे अन्तरक्रिया कार्यक्रममा अध्यक्ष भट्टराईले समग्र देशको राजनैतिक अवस्था र ब्याप्त भ्रष्टाचार नियन्त्रणका लागि सत्य तथ्य छानबिन गर्न आयोग गठन गर्नुपर्ने बताउनुभएकाे हाे । हाल माथिल्लो तह सम्म फैलिएको भ्रष्टाचार को सत्य तथ्य छानबिन गर्न सरकारले पनि सघाउनुपर्ने उहाँले बताउनुभयाे ।

कार्यक्रममा नेपाली कांग्रेस मरिण गाउँपालिका कार्य समितिका सभापति राम बहादुर वाइबाले संघ प्रदेस र पालिकाको समन्वयात्मक कानुन नबन्दा स्थानीय सरकार अप्ठ्यारोमा रहेको बताउनुभयाे ।

मरिण गाउँपालीकाका उपाध्यक्ष बिमला माझी को अध्यक्षता भएकाे उक्त अन्तरक्रियामा बागमती प्रदेस कानुन मन्त्री गगा नारायण श्रेष्ठले मरिणकाे समग्र विकासमा स्थानीय सरकार नै अग्रसर हुनुपर्ने बताउनुभयाे ।