काठमाडौँ फिल्म फेस्टिभलमा ‘के घर के डेरा’को विशेष प्रदर्शन, कलाकारदेखि विशिष्ट व्यक्तिसम्मको जमघट

काठमाडौँ, १३ कात्तिक । काठमाडौँ फिल्म फेस्टिभलअन्तर्गत राष्ट्रिय सभागृहमा आयोजित रेड कार्पेट कार्यक्रममा कलाकार, राजनीतिज्ञ, प्रशासक तथा उद्योग–व्यवसाय क्षेत्रका विशिष्ट व्यक्तित्वको जमघट भएको छ ।

शनिबार आयोजित कार्यक्रममा नेपालका पुराना तथा नयाँ पुस्ताका कलाकारसँगै विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी भएका थिए । कार्यक्रममा फस्ट लेडी सविना काफ्ले, राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्य, भारतीय अभिनेत्री सवाना आजमी, सांघाइ फिल्म एकेडेमीका प्राध्यापक मार्को मुलर र जापानी निर्देशक ताकायुकी नाकामुरालगायत सहभागी हुनुभएको थियो । उहाँहरूलाई काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वागत गर्नुभएको थियो ।

रेड कार्पेटमा वरिष्ठ कलाकार भुवन चन्द, बसुन्धरा भुषाल, चैत्यदेवी, नीर शाह, हरिहर शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल र करिश्मा मानन्धरलगायत कलाकारको उपस्थिति थियो ।

त्यस्तै दीपकराज गिरी, केकी अधिकारी, निर्मल शर्मा, मदनदास श्रेष्ठ, पुरन जोशी, दिनेश डीसी, गजित विष्ट, गायिका आनी छोइङ डोल्मा, अस्मिता अधिकारी तथा गायक महेश काफ्ले, आनन्द कार्की र उजेन शाक्य पनि कार्यक्रममा सहभागी हुनुभएको थियो ।

रेड कार्पेट कार्यक्रमपछि नेपाली पुरानो चलचित्र ‘के घर के डेरा’को विशेष प्रदर्शन गरिएको थियो । प्रदर्शनमा चलचित्रका कलाकार बसुन्धरा भुषाल, नीर शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, पुरन जोशीलगायत सहभागी हुनुभएको थियो ।

चलचित्रका कलाकारको अभिनय र संवादमा दर्शकले ताली बजाउँदै सम्मान व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *