उपचारको क्रममा ३ महिने गर्भवतीको मृत्यु भएपछि भरतपुरस्थित मनकामना अस्पताल तनावग्रस्त
चितवन,२० साउन । उपचारको क्रममा ३ महिने गर्भवतीको मृत्यु भएपछि चितवनको भरतपुरस्थित मनकामना अस्पताल तनावग्रस्त बनेकाे छ।
उपचारको क्रममा तीन महिने गर्भवती नविनाको उपचारको क्रममा मृत्यु भएको हो ।
भरतपुर महानगरपालिका वडा नंं २६ की ३२ वर्षीया नविना महतोको उपचारको क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ ।
३ महिने गर्भवती नविना रक्तश्राव भएर अस्पताल आएकी थिइन् । नविनाको उपचारमा लापरबाही भएकोले मृत्यु भएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेका छन् । उनको शुक्रबार दिउँसो अपरेशन गरिएको अस्पतालले जनाएको छ ।
तनावपछि मृतकका आफन्तले अस्पतालको गेटमा चाबी लगाइएका छन् भने अस्पतालमा रातिदेखि नै प्रहरी परिचालन गरिएको छ ।