सन्दीपविरूद्धको मुद्दा न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा
काठमाडाैं, ३२ साउन । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आज सुनुवाइ हुने भएको छ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा लामिछानेविरूद्धको मुद्दाकाे सुनुवाइ हुने भएको हो ।
गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरूद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले आदेश दिएको थियो। त्यसपछि कैयौं पटक मुद्दा सुनुवाइका लागि पेशी चढेपनि स्थगित भएका थिए।
आज भने प्राथमिकता क्रममा सन्दीपको मुद्दालाई पहिलो नम्बरमा नै राखिएको छ । सन्दीपका वकिलहरु भने आजै फैसला होस भन्ने पक्षमा छन् ।