महिला टी-२० : आयोजक मलेसियासँग खेल्दै नेपाल
काठमाडाैं, ८ भदौ । चार देश सम्मिलित महिला टी-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले शुक्रबार आयोजक मलेसियासँग खेल्दै छ।
नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेट र दोस्रो खेलमा कुवेतलाई ३४ रनलेपराजित गर्दै फाइनलमा सम्भावना बलियो बनाएकाे हाे।
आजकाे खेल मलेसियाको बायुमास ओभलमा बिहान ११:४५ बजे सुरु हुने छ ।
नेपालले मलेसियालाई हराएमा ६ अंकका साथ अपराजित रहँदै फाइनल पुग्ने छ ।
आज बिहान भएको पहिलो खेलमा हङकङले कुवेतलाई १६ रनले पराजित गर्दै फाइनल सम्भावना बलियो बनाएको छ । यदि मलेसियालाई नेपालले पराजित गरेमा हङकङ र नेपाल फाइनलमा प्रतिस्पर्धा गर्ने छन्।