संसदीय समिति सभापतिहरूको शपथ ग्रहण अपरान्ह साढे ४ बजे

काठमाडौं, ११ भदाै । प्रतिनिधिसभाको संसदीय समितिका सभापतिहरूको शपथ अपरान्ह साढे साढे ४ बजे हुने भएको छ ।
संसद सचिवालयका अनुसार कृषि समितिको हलमा सभापतिहरूको शपथको कार्यक्रम तय भएको छ ।
समितिको सभापतिमा १० मध्ये ९ सर्वसम्मत चयन भइसकेका छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जनमत पार्टीका अब्दुश खान र रास्वपाका गणेश पराजुलीले उम्मेदवारी दिएकाेमा रास्वपाले जनमतलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकाे एक नेताले बताए ।
योसँगै १० वटै समितिका सभापतिहरूले सहमतिले सर्वसम्मत नेतृत्व पाएको छ।