एसिया कप क्रिकेटमा आज पाकिस्तानसंग भिड्दै नेपाल

काठमाडौं, १३ भदाै । श्रीलंकामा बुधबारदेखि हुने एसिया कप क्रिकेट प्रतियोगिताकाे उद्घाटन खेलमा नेपालले पाकिस्तानसंग भिड्दै छ ।
पाकिस्तान र श्रीलंकाको सहआयोजनामा भएको उक्त प्रतियोगितमा छ देशले प्रतिस्पर्धा गर्नेछन् । आयोजक पाकिस्तानसँग मुल्तान क्रिकेट रंगशालामा नेपाली समय अनुसार अपरान्ह सवा ३ बजे सुरु हुनेछ।
उक्त खेलपछि नेपाली टोली श्रीलंका जानेछ । नेपालको दोस्रो खेल भारतविरुद्ध रहेको छ । नेपाल र भारतबीचको खेल भदौ १८ गते श्रीलंकाको क्यान्डिमा हुनेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा शुरु हुनेछ । नेपालको दुबै खेल डे नाइट हुनेछ ।
पहिलो पटक एसिया कप खेल्न लागेको नेपालले पहिलो खेलमै दुई पटक एसिया कप उपाधि विजेता पाकिस्तानसँग खेल्न लागेको हो। समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् ।
मुल्तान मैदानमा वेस्ट इण्डिजसँग भएको ३ खेलको ओडिआई सिरिज पाकिस्तानले क्लिनस्विप गरेको थियो। घरेलु मैदान र समर्थकको साथमा अनुभवी खेलाडी रहेको पाकिस्तान बलियो स्थितिमा छ
कप्तान रोहित पौडेलको नेतृत्वमा पहिलोपटक एसिया कप खेल्न ब्याट्सम्यान आरिफ शेख, लेग स्पिनर सन्दीप लामिछाने र विकेटकिपर आसिफ शेखलगायत खेलाडीहरुले एक साता अघि नै पाकिस्तान पुगेर अभ्यास गरेका थिए ।
एक दिवसीय वरियतामा १५औं स्थानमा रहेको नेपाल यो वर्षको प्रारम्भमा विश्वकप छनोटमा पुगेर ५० ओभरको खेलमा पराजित भएको थियो । समूह ‘बी’मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । बंगलादेश एक दिवसीय वरीयतामा सातौं, श्रीलंका आठौं र अफगानिस्तान नवौं स्थानमा छन् ।