आइसीसी महिला टी-ट्वान्टी विश्वकप : बहराइनमाथि नेपालकाे शानदार जित

काठमाडौं, १५ भदौ । मलेसियामा जारी आइसीसी महिला टी-ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले बहराइनमाथि फराकिलो अन्तरले विजयी भएको छ ।

मलेसियाको सिलोंग्र ट्रफमा लगातार दोस्रो जित हात पार्ने क्रममा नेपालले बहराइनलाई १० विकेटले पराजित गरेको हो ।

नेपालको जितमा ओपनर कबिता कुवरले १४ बलमा १८ रन बनाईन् । अर्का ओपनर सिता रानामगरले ३ बलमा २ रन बनाईन् ।

टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले १५ दशमलब ४ ओभरमा ३१ रनमा अलआउट भएको थियो ।
बहराइनका लागि कप्तान दीपिकाले ११ रन बनाइन् ।

नेपालका लागि इन्दु बर्माले ३ तथा खुसी डंगोलले २ विकेट लिईन् । पूजा महतो, रुबिना क्षेत्री र कबिता कुँवरले समान १/१ विकेट लिईन् ।

महिला क्रिकेटको इतिहासमा नेपालले पाएको यो दोस्रो सानो लक्ष्य हो । यस अघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट पारेको थियो । उक्त खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गरेको थियो ।