सर्वाेच्चको न्यायाधीशमा शर्माको नाम अनुमोदन
काठमाडौं, २९ भदाै । संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
शुक्रबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो । संसदीय समितिले अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
न्याय परिषद्को भदौ १० गते बसेको बैठकले शर्मालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।
उहाँविरूद्ध एउटा पनि उजुरी नपरेपछि सिधै सुनुवाइ भएको हो ।