विश्व शान्ति दिवसको अवसरमा ‘शान्ति गीत’

काठमाडाैं, ४ असोज । विश्व शान्ति दिवसको अवसरमा ‘शान्ति गीत’ सार्वजनिक भएको छ ।

विश्व शान्ति दिवसको अवसर पारेर संविधान दिवसका दिन राजधानीको कुञ्ज थिएटरमा एक समारोहका बीच गीतको सार्वजनिक गरिएको हो ।

गीतकार हेमप्रभास अधिकारीको शब्द र संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको प्रसिद्ध गायिका साधना सरगमले गाएको ‘शान्ति गीत’ को भिडियो गरिएको छ ।

सार्वजनिक ‘शान्ति गीत’मा रक्षा श्रेष्ठ, अभेलिना खड्का, दिया गिरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । ‘शान्ति गीत’काे भिडियोमा अजय रेग्मीकाे छायाङ्कन, टेकेन्द्र शाहकाे दृश्य सम्पादन र हेमप्रभासकाे निर्देशन रहेकाे छ ।

विश्वभरका मानिसहरुबीच एकताको भावना झल्काउँदै आफ्नो भाषा, कला र मौलिक संस्कृतिको प्रवद्र्धन गर्ने अभिप्रायले यस खालको गीत निर्माण गरेको एडभरटाइजिङ नेपालका प्रबन्धक प्रकाश अर्यालले जानकारी दिए । भिडियोलाई म्युजिक नेपालको अफिसिलयल युट्युब च्यानलले बजारमा ल्याएको हो ।