‘इन्डियाज बेस्ट डान्सर’ सिजन-३ को उपाधि नेपालका समर्पण लामालाई
काठमाडौं, १४ असाेज । भारतको टेलिभिजन रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ सिजन ३ को उपाधि नेपालका समर्पण लामाले जित्नुभएकाे छ ।
शनिबार राती भएकाे ग्राण्ड फिनालेमा नेपालका समर्पण लामाले १५ लाख भारुसहितकाे ट्रफी पाउनुभएकाे हाे । नृत्य निर्देशक भावना खन्डुजाले ५ लाख भारु नगदसहितका पुरस्कार जित्नुभयाे ।
चितवन जिल्लाकाे रत्ननगर नगरपालिका-१३ भीमबहादुर चोक निवासी लामाले नृत्य प्रतिस्पर्धाको उपाधि जित्नुभएकाे हाे । अन्तिम पाँच प्रतिस्पर्धामा समर्पणसहित सिवांशु सोनी, विपुल काँडपाल, अंकित चौहान, अञ्जली मामगाई पुग्नुभएकाे थियाे ।
जितपछि समर्पणले आफूलाई सपनाजस्तो लागिरहेको बताउनुभएकाे छ । उहाँले रियालिटी शोमा अनिकेत चौहान पछि उत्कृष्ट १३ मा छनोट हुँदा अत्यन्तै खुशी हुनुभएकाे थियाे ।
उहाँले भन्नुभयाे, ‘यस प्रतियोगिताको क्रममा मैले सफलता र असफलता दुवैको स्वाद लिएको छु । असफलता पनि महत्वपूर्ण छ, किनकि यसले हामीलाई धेरै कुरा सिकाउँछ, ।