वरिष्ठ गायिका दिलमाया खातीकाे निधन

काठमाडौं, १७ असाेज । वरिष्ठ गायिका दिलमाया खातीको निधन भएको छ। विगत लामो समयदेखि दमको रोगबाट पीडित खातीको गएराति निधन भएकाे हाे।

करिब एक सय ५० भन्दा धेरै नेपाली गीत गाएकी उनको ८४ वर्षको उमेरमा गएराति निधन भएको हो।

सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी गायिका खाती पहिलो पटक सन् १९६२ मा काठमाडौं आएकी थिइन्।