‘जोय मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल’को ताज आजमा र लिलिलाई
काठमाडौंँ, २५ असाेज । आजमा महर्जन र लिलि महर्जन सुवाल ‘जोय मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’को विजेता भएका छन् ।
मिस तर्फको शिर्ष विजेता चुनिदा लिलि मिसेज तर्फको विजेता घोषित भएकी हुन् । विजेता दुबैले विभिन्न अवसर र उपहार हात पारेका छन् ।
विजेताले आगामी नोभेम्बर महिनामा थाइल्याण्डमा हुने ‘हेरिटेज पेजेन्टस् २०२३’मा नेपालको प्रतिनिधित्व गर्ने ग्रिनआर्ट मिडियाका सिइयो प्रविन लाकौलले जानकारी दिए ।
हेरिटेज पेजेन्टस् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन उदेश्यले आयोजना हुँदै आएको छ ।
प्रतियोगीतामा ‘मिस हेरिटेज इन्टरनेसनल नेपाल २०२३’तर्फ दीपिशा तामाङ फष्टरनरअप र पुर्णिमा शाही ठकुरी सेकेन्ड रनरअप बन्दा ‘मिसेज हेरिटेज इन्टरनेसनल नेपाल २०२३’ तर्फ पुनम थापा लुइटेल फष्ट रनरअप भइन् ।
हेरिटेज र सम्पदाको विभिन्न झल्को दिने प्रस्तुति सहित सुरु भएको प्रतियोगीता हेरिटेज गार्डेन सानेपा, ललितपुरमा सम्पन्न भएको थियो ।