कोशीमा ६ सिटको राप्रपा तटस्थ, एमालेको साथ कार्कीलाई
काठमाडौँ, २६ असोज । कोशी प्रदेशमा ६ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तटस्थ बस्ने निर्णय गरेको छ । आज बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
पार्टीका प्रवक्ता मोहन श्रेष्ठले मुख्यमन्त्रीको लागि दुई जनाले ४७–४७ जनाको हस्ताक्षर बुझाएको भन्दै कसैलाई पनि समर्थन गर्नुपर्ने आवश्यकता नदेखिएकाले समर्थन नगरेको जानकारी दिनुभयो ।
उहाँले आवश्यक परेको बेलामा फेरि निर्णय पनि जानकारी दिनुभयो । प्रदेशको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेसका प्रदेशसभा सदस्य केदार कार्कीले दाबी पेस गर्नुभएको छ । कार्कीलाई एमालेले समर्थन गरेको छ ।