‘मिसेस् नेपाल कल्चरको ताज ’ओजस्वीले पहिरिन्

काठमाडौंँ, ३ कात्तिक । ‘मिसेस् नेपाल कल्चर २०२३’ डा. ओजस्वी शेरचन घोषित भएकी छन् ।

३५ प्रतिस्प्रर्धिलाईपछि पार्दै शिर्ष उपाधि चुमेकी उनले पब्लिक च्वाइस विधाको समेत उपाधि हात पारिन् । डा. ओजस्वीलाई प्रतियोगिताका ब्रान्ड एम्बेसडर प्रथम मिस नेपाल रुबी राणाले ताज पहिर्याएकी थिइन् ।

जमलस्थित राष्ट्रिय नाचघरमा एक भव्य कार्यक्रमकाबीच आयोजित प्रतियोगीतामा डा. अंकिता ठाकुरले फस्ट रनर अपसँंगै डाइनामिक विधाको अवार्ड आफ्नो पोल्टामा पार्दा सुष्मा बस्नेतले सेकेन्ड रनर अप उपाधि जितिन् ।

थर्ड रनर अप श्रेया ढुंगानाले उपाधि जित्दा फोर्थ रनर अपको उपाधि नीरा तामाङले हासिल गरिन् । नीराले इन्टिलेक्चुयल विधागत उपाधि समेत आफ्नो भागमा परेकी छिन् । विजेता सबैले उपाधिको साथमा मिना बजार र यचु हेयर ओयलबाट एक्सक्लुजिभ गिफ्ट प्राप्त गरे ।

नेपाली समाजको गौरवमय परिचय भनेको साँस्कृतिक विविधतलाई फरक र विस्तारित दायरामा सम्बद्र्धन र प्रवद्र्धन गर्ने हेतुले गत वर्षदेखि आयोजना थालिएको यो साँस्कृतिक सौन्दर्य प्रतियोगिता हो । ‘फेसनलाई भन्दा मौलिकता र ग्ल्यामरलाई भन्दा शालीनता’ले प्रतियोगितामा प्राथमिकता पाएको आयोजक युजिशा इन्टरनेसनल इभेन्टस्का इभेन्ट म्यानेजर सानु खानले बताए ।

अन्य भन्दा भिन्न तवरबाट आयोजना भएको प्रतियोगितामा ‘ट्यालेन्ट विधा’मा सुलोचना श्रेष्ठ जोशी विजेता बन्दा सुजाता खनाल फस्ट रनर अप तथा अनु फुँयाल सेकेन्ड रनर अप चयन भए । त्यस्तै पब्लिक च्वाइस फस्ट रनर अप अनिता संग्रौला भेटवाल बनेकी थिइन् ।

अनिताले पर्सनालिटी विधाको अवार्ड हात पारिन् । भ्युअर च्वाइसतर्फ पंकज अधिकारी विजेता बन्दा शुभद्रा गौतमा फस्ट रनर अप बनिन् । म्यानेज्मेन्ट च्वाइस तर्फ रेखा यादव, फोटोजेनिकमा रिचा पराजुली, कन्जिनियालिटीमा लक्ष्मी झा, एलेगेन्समा अर्चना अमात्य, डिलिजेन्टमा तुलसा पन्त, डिसेन्टमा कल्पना श्रेष्ठ, एक्टिभमा समी पौडेल, इनोसेन्समा दुर्गा कुमारी रावल र इन्थिुजियास्टिकमा ललिता डंगोलले प्राप्त गरे ।