ट्राफिक चेकिङमा पर्दा अब नागरिक एपबाटै लाइसेन्स देखाउनुहाेस

काठमाडाैं, १३ कात्तिक । ट्राफिक चेकजाँच क्रममा नागरिक एपमार्फत् देखाएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)ले मान्यता पाउने भएको छ।

नागरिक एपले सामाजिक सञ्चालमार्फत् सोमबार आफ्नो एप प्रयाेगकर्तालाई यस्ताे जानकारी गराएकाे हाे ।

अब ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा सवारी चालकले चेकजाँचको बखतमा नागरिक एपमा लिंक गरेको आफ्नो सवारी लाइसेन्स देखाउन सकिन्छ ।

नागरिक एप पोस्टमा लेखिएको छ, ‘नेपाली नागरिकले ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एपमार्फत् देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौँ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *