आइसिसी टी-२० छनोट : मलेसियाविरूद्ध नेपालले लियो दोस्रो विकेट
काठमाडाैं, १४ कात्तिक । आइसिसी टी-२० विश्वकप छनोटमा नेपालले मलेसियाविरूद्ध दोस्रो विकेट लिएको छ।
त्रिवि मैदानमा भएकाे खेलमा टस जितेको मलेसियाविरुद्ध नेपालले पावर प्ले सकिनु दुई बलअघि पहिलो विकेट लिन सफल भएको थियो। नेपालका अभिनास बोहराले जुबइदीलाई २४ रनमा क्याच आउट गरे।
अर्को ओभरमा नेपालले अहमद फाइजलाई ३ रनमा रनआउट गरे। मलेसियाले पावरप्ले (६ ओभर) मा १ विकेटको क्षतिमा ६० रन जोड्न सफल भयो।
