नेपालकाे चार दिने भ्रमण सकेर फर्किँदै गुटेरेस

काठमाडौं, १५ कत्तिक । नेपालको चार दिने औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज फर्कँदै हुनुहुन्छ ।

उहाँ आज कतार एयरवेजको उडानमार्फत विहान ९ बजे न्युयोर्क फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

उहाँले मंगलबार संघीय संसदको सयुक्त बैठकलाई सम्बोधन गर्नुभएकाे थियाे । उहाँले राष्ट्रपति, प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष प्रतिपक्ष दलका नेतासहित विभिन्न दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेट गर्नुभएकाे थियाे ।

त्यसबाहेक उहाँले सगरमाथा आधार शिविर, अन्नपूर्ण बेसक्याम्प, गौतमवुद्धको जन्मस्थल लुम्बिनी, पाटन दरबार स्क्वायर लगायतका स्थलको अवलोकन भ्रमण गर्नुभएकाे थियाे ।