मोडल दीपासा बीसीको नर्भिक अस्पताल निधन

काठमाडौं, २३ कात्तिक । मोडल एवं अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन भएको छ ।

नर्भिक अस्पताल भर्ना भएकी उनको आज मृत्यु भएको अस्पतालले जनाएकाे छ । उनी बुधबार अस्पताल भर्ना भएकी थिइन ।

‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा चर्चित उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । साथै दर्जनौं म्युजिक भिडिओमा उनलाई देख्न सकिन्छ ।