दोलखाको शैलुङ डाँडामा कालापानी मिनी ग्रेट वाल निर्माण (तस्बिरहरू)
काठमाडाैं, ३ मंसिर । दोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङ डाँडामा कालापानी मिनी ग्रेट वाल निर्माण भइरहेकाे छ ।
करिब ५०० मिटर लामो उक्त ग्रेट वाल निर्माणमा रु. छ करोड ७९ लाख ५६ हजार ३८३ लागत अनुमान गरिएकामा रु. चार करोड ९४ लाख १५ हजार ४१८ मा निर्माण हुँदैछ ।
समुद्री सतहदेखि करिब तीन हजार ८०० मिटर अग्लो स्थानमा रहेको शैलुङ डाँडामा १०० भन्दा बढी थुम्काहरु रहेका छन् । उक्त डाँडा आन्तरिक पर्यटकको आकर्षकको केन्द्रसमेत बन्ने गरेकाे छ । तस्बिर : रत्न श्रेष्ठ/रासस






