मंसिर ७ विशाल प्रदर्शनको पूर्वसन्ध्यामा राष्ट्रिय युवा संघकाे मसाल जुलुस
काठमाडौं, ६ मंसिर । नेकपा (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले मसाल जुलुस निकालेकाे छ ।
राष्ट्रिय युवा संघकाे आयोजना गरेको विशाल प्रदर्शनको पूर्वसन्ध्यामा पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुले मसाल जुलुस निकालेर समर्थन जनाएको हाे ।
बुधबार प्रदर्शनी मार्गमा अनेरास्ववियुले मसाल जुलुस निकाल्दै युवा संघको कार्यक्रममा समर्थन जनाएको छ ।
युवा संघले सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै भोलि काठमाडौंको तीनकुनेमा विशाल प्रदर्शनको तयारी गरेको छ ।