प्रहरीले मोबाइल सम्पर्क विच्छेद गराउन बल्खु र तीनकुने क्षेत्रमा प्रयाेग गर्याे जामर
काठमाडाैं, ७ मंसिर । नेपाल प्रहरीले बल्खु र तीनकुने क्षेत्रमा जामर प्रयोग गरेको छ ।
प्रहरीले आन्दोलन स्थलमा मोबाइलकाे नेटवर्क सम्पर्क विच्छेद गराउनका लागि जामर प्रयाेग गरेकाे हाे ।
प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको प्रदर्शन स्थलमा १ थान जामर भेहिकल सञ्चालन गरेको छ भने तीनकुने स्थित युवा संघको प्रदर्शन स्थलमा पनि १ थान जामर भेहिकल सञ्चालन गरिएको छ ।
मोबाइल नेटवर्क सम्पर्क विच्छेद गराउन सो प्रविधि चलाउने गरिन्छ ।