एनसेलको शेयर खरिदबिक्री सम्बन्धी अध्ययन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । एनसेलको शेयर खरिदबिक्री चलखेल सम्बन्धी अध्ययन गर्न उच्चस्तरीय समिति गठन भएकाे छ ।

मन्त्रिपरिषद्काे आज बिहान बसेको बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।

समितिमा सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, हृदयेश कुमार शाक्य र आइक्यानका अध्यक्ष सुजन कुमार काफ्ले रहनुभएकाे छ । समितिलाई एनसेलको शेयर खरिदबिक्री सम्बन्धी अध्ययन गरी प्रतिवेदन पेश गर्न ३० दिनको कार्यावधि दिइएको छ ।