धनुषामा ६ वर्षीया बालिकाको बलात्कार गरी हत्या गरिएकाे आशंका

धनुषा, २९ मंसिर । धनुषामा एक ६ वर्षीया बालिकाको हत्या भएको छ । सबैला नगरपालिका–९ कुसमहा सतोखरकी बालिका राखी यादवको हत्या भएको हो ।

बालिकाको शव नग्न अवस्थामा सतोखर पोखरी नजिक खाल्डोमा जमेको पानीमा गए राति फेला परेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव निरीक्षक रञ्जन अवालेले जानकारी दिनुभयो ।

बालिकाले लगाएका लुगा पोखरी छेउमा फेला परेको उहाँले बताउनुभयो । बालिकाको बलात्कार गरी हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ ।

शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ । घटनामामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रवक्ता अवालेले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *