एनसेलको शेयर खरिद बिक्री अस्वाभाविक भएकाे प्रधानमन्त्रीकाे ठहर
काठमाडौं, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेलको शेयर खरिद बिक्री अस्वाभाविक रहेको बताउनुभएकाे छ ।
सिंहदरबारमा मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएकाे हाे ।
राज्य व्यवस्था तथा सुशासन समितिमा एनसेल प्रकरणमको बारे जवाफ दिदैँ उहाँले वैदेशिक लगानी समेत रहेको एनसेलको खरिदविक्रीमा करछलिसम्बन्धमा सम्पूर्ण कागजात संकलन र अध्ययन गरिरहेको बताउनुभयाे ।
उहाँले अध्ययन तथा छानबिन समितिको यकिन राय सुझावसहितको प्राप्त भएपछि उक्त राय सुझावसहितको आधारमा नेपाल सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाउनुभयाे ।
उहाँले एनसेल प्रकरणमा कतै, कसैबाट कानुनविपरीतका काम कारबाही भए गरेको पाइए कानुनबमोजिम हदैसम्मको कारबाही गर्न नेपाल सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयाे ।