मोडल हन्ट नेपाल २०२३ का लागि ३८ प्रतियोगी छानिए

काठमाडौँ, ४ पुस । ‘मोडल हन्ट नेपाल २०२३’का लागि ३८ प्रतियोगी छानिएका छन् । विभिन्न चरणको प्रतियोगी छनौट अडिसनबाट पुरूष र महिला गरी यी प्रतियोगी छानिन सफल भएका हुन् । छानिएका प्रतियोगीमा १६ पुरूष र २२ महिला रहेका छन् ।

प्रतियोगीताको यो आठौं संस्करण हो । नेपाली मोडलिङ प्रतियोगितामा देशभरबाट सहभागी थुप्रै मोडलबाट ३८ छानिएका हुन् ।

छानिएका सबे प्रतियोगी अन्तिम स्पर्धाका लागि व्यक्तित्व विकास, शारीरिक बनावट, र्याम्प वाक, बडी ल्याङ्ग्वेज, फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा जुटिसकेका छन् । उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसाहिक मोडल उत्पादन गर्ने उदेश्यले विगत ८ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाको धारणा छ ।

प्रतियोगीताको फाइनल स्पर्धा आगामी २९ डिसेम्बर अर्थात यहि पुस १२ गते होटल सोल्टीमा आयोजना हुनेछ । प्रतियोगीतामा सांगीतिक कार्यक्रम सहित भब्य रुपमा आयोजना हुने धमलाले जानकारी दिए ।

प्रतियोगीताको पुरूष विजेताले पार्टो रिको देशमा आयोजना हुने अन्तराष्ट्रिय मोडलिङ प्रतियोगीता ‘रनवे मोडल इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्ने र महिला विजेताले थाइल्याण्डमा आयोजना हुने मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेसनलमा’ नेपालको प्रतिनिधित्व गर्नुको अलवा विज्ञापन, म्युजिक भिडियो अभिनय अवसरको तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।