मकवानपुरको राक्सिराङले गाउँपालिकाले दियो क्रिसमसमा ३ दिन बिदा

काठमाडौं, ७ पुस । मकवानपुरको राक्सिराङ गाउँपालिकाले इसाइ धर्माबलम्बीहरुको पर्व क्रिसमसमा तीन दिन लगातार सार्वजनिक बिदा दिएको छ ।

इसाइ धर्माबलम्बीहरुको उल्लेख्य बसोबास रहेकाे भन्दै गाउँपालिकाले पुस ८, ९ र १० गते लगातार सार्बजनिक बिदा दिने निर्णय भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सूचनामार्फत उल्लेख गरेका छन् ।

सार्वजनिक बिदाका दिन गाउँपालिकाभित्रका सबै सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था र बैंक तथा वित्तीय संस्था बन्द रहने सूचनामा जनाइएको छ । हरेक वर्ष डिसेम्बर २५ मा मनाइने क्रिसमस यस वर्ष पुस ९ गते परेको छ ।

हेर्नुहोस् गाउँपालिकाको सूचना