ईपीएस आन्दोलनमा उत्रिएका युवाहरूले गरे मन्त्री प्रकाश ज्वालाकाे गाडीमा आगजनी

काठमाडाैं, १३ पुस । रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै सिप बिल्डिङमा अनुत्तीर्ण भएका विद्यार्थीहरू आन्दोलित बनेका छन् ।

ग्वार्कोस्थित ईपीएस कार्यालयमा विद्यार्थीहरू भेला भएर आन्दोलन थालेका हुन् । उनीहरू उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएको भन्दै आन्दोलित भएका हुन् ।

उनीहरूले सो क्षेत्रको सडक अवरुद्ध पार्दै ढुंगामुढा गरेर प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रिएका युवाहरूले बालकुमारीमा मन्त्रीको गाडी जलाएका छन्

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको मन्त्रीको गाडीमा आगजनी गरेका हुन् । प्रदर्शनका कारण बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ ।

ईपीएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो । त्यसमा यसअघि सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूलाई आवेदन दिन नपाउने भनिएको थियो । त्यसको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।