ललितपुरमा इनारकाे स्ल्याब फुटेर खसेकाे महिलाकाे उद्धार जारी

काठमाडाैं, १ माघ । ललितपुरको इमाडोलमा इनारमा खसेकी एक जना महिलाको उद्धार कार्य भइरहेको छ।

इनारमा खसेकी महिलाको उद्धारका लागि सुरक्षाकर्मी खटिएका छन् भने उद्धार कार्य जारी रहेकाे छ । सोमबार बिहान ९: ५० बजे महालक्ष्मी नगरपालिका इमाडोल कृष्णमन्दिर नजिकै बस्ने एक जना महिला इनारमा खसेकी हुन्।

दोलखा घर भएकी उनी इमाडोलमा डेरा गरी बस्ने २८ वर्षीया न्यूतन प्रधान रहेको प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार उनी कपडा धोएर सुकाउनका लागि इनारको स्ल्याबमाथि चढ्दा स्ल्याब फुटेर इनारभित्र खसेको हाे ।

उनलाई केही चोट लागेको हुनसक्ने प्रहरीले जनाएको छ। उनी बोल्न सक्ने अवस्थामै छिन्। अहिले डोरीले ती महिलालाई निकाल्ने प्रयास भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *