आज काठमाडौंका यी स्थानमा ४ घन्टा बिजुली काटिने

काठमाडौं, ६ माघ । काठमाडौंका विभिन्न स्थानमा आज बिहानदेखि चार घन्टा बिजुली काटिने भएको छ।

महाराजगञ्ज वितरण केन्द्रको पानीपोखरी फिडर र हस्पिटल फिडर अन्तरगत पर्ने क्षेत्रमा विद्युतीय तार भूमिगत गर्नका लागि उक्त फिडर सट डाउन गर्नुपर्ने भएकाले उक्त फिडर अन्तर्गत पर्ने क्षेत्रमा १० बजेदेखि बिजुली काटिने विद्युत् प्राधिकरणले जनाएको छ।

हस्पिटल फिडर अन्तर्गत पर्ने त्रिवि शिक्षण अस्पताल, राष्ट्रपति कार्यालय, प्रहरी तालिम केन्द्र, निर्मल निवास लगायतका क्षेत्र तथा पानीपोखरी फिडर अन्तर्गत पर्ने लैनचौरबाट २६ नम्बर वडा कार्यालय हुँदै खानी विभाग, एम्बेसडर होटल, सभामुख निवास, भारतीय दूतावसा, सांग्रिला होटल लगायतका क्षेत्रमा विद्युत अवरूद्ध हुने छ।

निर्धारित समय भन्दा अगाडि नै काम सम्पन्न भए चाँडै विद्युत् सेवा सुरू गरिने प्राधिकरणले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *