कृष्णादेवीको `म बाँचेर के भो´ गजल सार्वजनिक
काठमाडाैं, ७ माघ ।
“म बाँचेर के भो छ यो राष्ट्र दुख्दै
म हाँसेर के भो छ यो राष्ट्र दुख्दै”
वरिष्ठ साहित्यकार कृष्णादेवी शर्मा (श्रेष्ठ)द्वारा रचित तथा विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठद्वारा सङ्गीत एवम् स्वरबद्ध राष्ट्रिय भावको गजल `म बाँचेर के भो…´ सार्वजनिक गरिएको छ ।
विशेषगरी कविता, गीत, गजल, समीक्षा, समालोचना, उपन्यास, खण्डकाव्य र महाकाव्यमा सशक्त कलम चलाउँदै आएकी कृष्णादेवी अहिले साङ्गीतिक गजल मार्फत देशको समसामयिक अवस्थालाई चित्रित गरेकी छिन् ।
उनको गजललाई सङ्गीतकार सन्तोष श्रेष्ठले सङ्गीत र स्वरको मधुरताले श्रवणीय मिठास भरेका छन् । वीरेन्द्र भाट `विपिन´को छायाङ्कन र सम्पादनमा भएको दृश्य निर्माणमा सङ्गीतकार/गायक आफैँ अभिनयमा जोडिएका छन् ।
गजलको श्रव्यदृश्यलाई गोल्डेन क्रियसनको युबटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।