‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’मा छानिए तीन विजेता
काठमाडौँ, ८ माघ । बालबालिकाका प्रतिभा निखार्ने एउटा पृथक कार्यक्रम ‘मिलिनियम किड्स इन्टरनेशनल २०२४’मा तीन विजेता छानिएका छन् ।
प्रतियोगीतामा जुनियर केटी, केटा र सिनयर केटी गरेर एकसाथ तीन विजेता छानिएका हुन् । जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगीतामा जुनियर केटातर्फ आइभान श्रेष्ठ विजेता बन्दा जुनियर केटीतर्फ इलोना कार्कीले शिर्ष उपाधि चुमिन् ।
त्यस्तै सिनियर केटीतर्फ स्मारिका भट्टराई विजेता घोषित भइन् । शिर्ष विजेता सबैले उपाधिको साथमा बिभिन्न गिफ्ट तथा अवसर समेत पुरस्कारको रुपमा प्राप्त गरे ।
नेपालमा आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगीताहरु भन्दा भिन्न तवरबाट अन्तराष्ट्रिय स्तरको लाइट, स्टेज र साउन्ड सिस्टमसहित आयोजित प्रतियोगीताको प्रत्येक शिर्षक ४ उप–विजेता समेत छानिएको थियो ।
जसमा जुनियर केटातर्फ आरभ अधिकारी फष्ट रनरअप, उत्सर्ग ढकाल सेकेन्ड रनरअप, श्रीजल यादव थर्ड रनरअप र सम्प्रभ जंग केसी फोर्थ रनरअफ बन्दा जुनियर केटीतर्फ निबित्सा झा फष्ट रनरअप, सिकुम सुब्बा सेकेन्ड रनरअप, अलंकृता भट्टराई थर्ड रनरअप र ओजस्वी सिल्वाल फोर्थ रनरअफ भए ।
यस्तै सिनियर केटीतर्फ भने एन्जल गहतराज फष्ट रनरअप, सानभी बिष्ट सेकेन्ड रनरअप र कृषु भण्डारी थर्ड रनरअप चुनिए ।
प्रतियोगीता रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको हो । प्रतियोगीताको कोरियोग्राफी अन्तराष्ट्रिय मोडल तथा फेसन कोच राज फैजुले गरेका थिए ।