जाडाेमा मुटु सम्बन्धी राेगबाट बच्ने उपाय : डा. स्मृति शाक्य, कार्डियाेलाेजिस्ट

काठमाडाैं, १२ माघ । मानिसहरूकाे व्यस्त जीवनशैली, आधुनिक विलासी जीवनशैली, अस्वस्थ खानपिन, भौतिक सुखसुविधा, स्वास्थ्यप्रति सजग सचेत नहुनुजस्ता थुप्रै कारणले मानिस विभिन्न रोगको शिकार भइरहेका छन् जसमा मुटु तथा रक्तनलीका रोग विश्वव्यापी रूपमा अधिकतम मृत्युदर बढाउने रोगमा पर्छन् । मुटु तथा रक्तनलीका रोगहरूले गर्मीमा भन्दा जाडाेमा अत्यधिक समस्या निम्त्याउँछ ।

जाडोमा उच्च रक्तचापको बिरामीको सङ्ख्या पनि निकै बढेको पाइन्छ । पहिलेदेखि रक्तचाप नियन्त्रणमा नरहेका बिरामीमा जाडोको कारणले रक्तचाप बढ्ने सम्भावना अत्यधिक हुन्छ । चिसो मौसममा रक्तसञ्चार प्रणालीमा बढी दबाब हुन्छ । त्यसैले मुटुरोगी र मुटुरोगको उच्च जोखिम भएका व्यक्ति बढी सचेत हुनु जरुरी हुन्छ । त्यसैले जाडोको समयमा मुटुलाई स्वस्थ राख्न, मुटु बचाउन चिसोबाट बच्नु महत्वपूर्ण हुन्छ ।

जाडाेकाे माैसमले मुटुलाई के कस्ताे असर गर्न सक्छ ?

जाेडाेकाे माैसममा हाम्राे शरिरकाे तापक्रम घट्न सक्छ । हाम्राे शरिरकाे भित्री तापक्रम लाई सन्तुलन गर्नका लागि शरिरमा न्याचुरल्ली सिम्पाेथेटिक नर्मल सिस्टम सकृय हुने गर्दछ । यस्ले गर्दा मुटुकाे धड्कन छिटाे हुने गर्दछ । जस्ले रगत प्रवाह हुने नलीहरू साँघुरिन जान्छ । रगत प्रवाह छिठाे हुँदा शरिरकाे तापक्रम त सन्तुलित हुन्छ तर मुटुले धेरै काम गर्नुपर्ने हुन्छ त्यस्ले गर्दा ब्लडप्रेशर हाइ हुन सक्छ । जस्ले गर्दा हृदयघात र हार्टफेलियर समेत गराउन सक्छ ।

जाडाेकाे माैसममा वातावरणमा पनि प्रदूषण हुने गर्छ । याे प्रदुषणले गर्दा मुटुकाे धड्कनमा पनि असर हुने गर्छ । यस्ले मुटुकाे धड्कन छिटाे अथवा गड्बडी पनि ल्याउन सक्छ । यस्ले मुटुकाे काेराेनरी आर्डिस अथवा मुटुकाे धमनीहरूमा बाेसाे जम्ने प्रकृया द्रुत गतिमा बढाइदिन्छ । यी सबै कारणहरूले गर्दा छाती दुख्ने समस्याहरू देख्न सकिन्छ । याे छाती दुख्ने समस्या बिहान सबेरै हुने गर्दछ । किनभने याे समयमा रगत बाक्लिएकाे हुन्छ र रगत जम्ने सम्भावना हुन सक्छ ।

जाडाेमा हाम्राे अल्छिपना बढ्छ । हामीले शारिरिक व्यायमा गर्दैनाै जसले मुटुमा असर बढी हुन सक्छ । जाडाेकाे समयमा भाेज भटेर बढी हुँदा खानामा सन्तुलन हुँदैन याे समयमा रक्सिकाे सेवन पनि अधिक हुन्छ । हाम्राे शरिरमा हाइड्रेसन सन्तुलन भएकाे हुँदैन जसमा जाडाेकाे समयमा हामी पानी पनि कम मात्रामा खान्छाैं । कसैलाई हाई मधुमेह, हाई काेलेस्टाेर छ र बिलासितकाे जिवन जिइरहेका छन् भने मुटुराेगकाे सम्भावना अधिक हुन्छ ।

जाडाेमा मुटुलाई बचाउन के कस्ता सावधानीहरू अपनाउनु पर्छ ?

जाडाेमा मुटुलाई बचाउन केहि सावधानीहरू अपनाउनु पर्छ । सबैभन्दा पहिले हामी चिसाेबाट बच्नुपर्छ । घरमा आमा बुबा हुनुहुन्छ भने न्यानाे कपडा लगाइदिनु पर्छ । जाडाेमा आमा बुबाकाे विशेष ख्याल गर्नुपर्छ । जाडाेका विहानै मर्निङवाक गर्न आवस्यक छैन घाम लागेपछि मर्निङवाक गर्दा हुन्छ ।

जाडाेमा मुटुको सुरक्षाका लागि शरीरलाई सक्रिय बनाइ राख्ने, शारीरिक व्यायामहरू गर्ने, हिँडाइको अवधि बढाउने, चिसो हावा र पानी परेको बेलामा घर भित्रै व्यायाम गर्ने, पानी प्रशस्त पिउने, चुरोट र मदिरा सेवन नगर्ने, धेरै चिल्लो खानेकुराहरू नखाने, पोषणयुक्त खानेकुराहरू सेवन गर्ने, भिटामिन र मिनरल्स युक्त खानेकुरा खाने, मुटुरोग, प्रेसर, सुगर, कोलेस्ट्रोल आदिको औषधि नटुटाई नियमित खाने गर्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *