रणवीर र आलिया बने उत्कृष्ट अभिनेता-अभिनेत्री

काठमाडाैं, १६ माघ । बलिउड फिल्म ‘१२ वीं फेल’ ६९ औं फिल्मफेयर अवार्डमा उत्कृष्ट फिल्म घाेषित भएका छन् ।

आइतबार गुजरातमा आयोजित अवार्ड कार्यक्रममा विक्रान्त मैसी अभिनीत फिल्म ‘१२ वीं फेल’ यस वर्षको उत्कृष्ट फिल्म घाेषणा भएकाे हो।

‘१२ वीं फेल’ बाटै विधु विनोद चोपडाले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्। फिल्म ‘एनिमल’ बाट रणवीर कपूरले उत्कृष्ट अभिनेताको अवार्ड जित्दा ‘रकी और रानीकी प्रेम कहानी’ बाट आलिया भट्टले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारेकी छन्।

भारतीय संचारमाध्यम दैनिक जागरणका अनुसार अवार्ड समारोह २७ र २८ जनवरीमा भएको हो। पहिलो दिन प्राविधिक विधामा अवार्ड वितरण गरिएको थियो।