नेपाल ४ विकेटले क्यानडासंग पराजित

काठमाडौं, १० फागुन । नेपाल तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा क्यानडासंग ४ विकेटले पराजित भएकाे छ ।

मूलपानी क्रिकेट मैदानमा बिहीबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल एलाई ४ विकेटले पराजित गरेको हो।

सिरिज जित्न नेपाल एले दिएको १८२ रनको लक्ष्य क्यानडाले निकोलस किर्तोनको अर्धशतकको मदतमा ३८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।

किर्तोनले पाँचौं विकेटका लागि निखिल दत्तसँग २९ रनको साझेदारी गरे । दत्त १४ रनमा आउट भए । त्यसपछि किर्तोनले नवदित दलिवालसँग छैटौं विकेटका लागि ६८ रनको साझेदारी गरे । ३९औं ओभरको दोस्रो बलमा बसिर अहमदले दत्ताई ३८ रनमा आउट गरेका थिए ।

तर पाँचौं बलमा किर्तोनले चौका हान्दै क्यानाडालाई सिरिज दिलाए । उनी ५८ रनमा अविजित रहे । आरोन जोनसनले ३६ रन जोडे ।

नेपालका लागि आशुतोष घिरैयाले २८, अर्जुन कुमालले २७, बसिर अहमदले २५, सन्दीप जोराले २४, सुजन थपलियाले २०, रासिद खानले १९, प्रतिस जीसीले १९ रनको योगदान गरे ।

शाहब आलम र शेर मल्ल डकआउट हुँदा हेमन्त धामी ३ र सागर ढकाल १ रनमा अविजित रहे ।

क्यानडाका लागि हर्श थाकेर, डिलोन हेलिगरले र निकोलस किर्तोनले २-२ तथा साद विन जफर र कलिस सानाले १-१ विकेट लिए।