महाबिर पुनसँग सरकारले गरेको ७ बुदे सम्झौता कार्यान्वयन गर्न सांसद घर्तीको माग

काठमाडौं, १४, फागुन । नेकपा (एमाले) की सांसद ईश्वरी घर्तीले आविष्कारक महाबिर पुनसँग सरकारले गएको वैशाखमा गरेको ७ बुदे सम्झौता कार्यान्वयन गर्न माग गर्नुभएको छ ।
सोमवार प्रतिनिधि सभा वैठकको शून्य समयमा बोल्दै उहाँले अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धि कार्यहरू एकिकृत रुपमा सन्चालन गर्न सरकारले कोष स्थापना गर्ने, कोषको व्यवस्थापनको लागि ६० दिनभित्र विधेयकको मस्यौदा तयार गरी अघिल्लो अधिवेशनबाटै पारित गर्ने र चालु आर्थिक वर्षबाटै संघीय सरकारको पूजिगत बजेटको १ प्रतिशत रकम आविष्कार कोषमा जम्मा गर्ने लगायत सम्झौता सरकारले गरेपनि सोही अनुसार विधेयक अझै नआएपछि उनले सरकारको ध्यानाकर्षण गराउनु भएको हो ।
महावीर लगायत विज्ञ सरोकारवालाहरुको परामर्शमा चाडै विधेयक ड्राफ्ट गरी चालु संसदमै बिधेयक पेश गरियोस्ू घर्तीले भन्नुभयो । वीरगन्ज कृषि औजार कारखाना सन्चालनका लागि आफ्नो पुस्तक बेचेर आर्थिक जोहो गर्न यतिवेला जिल्ला दौडाहामा रहेका महावीर पुनको पुस्तक समेत सरकारले किनिदिन सांसद घर्तीको माग गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *