नवलपुरमा सवारीसाधन दुर्घटना हुँदा २५ जना घाइते

काठमाडौँ, कार्तिक ३० । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको सु.प्र.०१-००१ ख ३४७५ नम्बरको बस आज बिहान कावासोती नगरपालिका–११ स्थित लोकाहामा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार चालकले बसमाथिको नियन्त्रण गुमाउँदा बिहान करिब ६ः४० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका २५ जनाको मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

दुर्घटनाग्रस्त बस घटनास्थलमै रहेको र घाइतेहरूको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *